विश्वको सबै भन्दा खुशी देशहरुको सूची सार्वजनिक, दक्षिण एसियामा नेपाल शिर्ष स्थानमा

318
Friendship Mobile

सर्लाही | विश्वको सबै भन्दा खुशी देशहरुको सूची सार्वजनिक भएको छ ।

विश्वको सबै भन्दा खुशी देशको सूचीको पहिलो नम्बरमा फिनल्यान्ड छ भने दक्षिण एसियामा नेपाल रहेकाे छ । सूचीअनुसार अफगानिस्तान विश्वकै सबै भन्दा दुःखी देश बनेको छ । विश्वको सबै भन्दा खुशी देशको सूचीको पहिलो नम्बरमा फिनल्यान्ड परेको छ ।

https://worldhappiness.report/ed/2022/happiness-benevolence-and-trust-during-covid-19-and-beyond/

वल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुशी देश घोषित गरेको हो । वल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबै भन्दा खुशी देश बन्न सफल भएको हो।

प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणा जस्ता विभिन्न तत्वका आधारमा विश्व खुशी प्रतिवेदनले १ सय ५० देशलाई क्रमबद्ध गर्दछ । सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौ र छैटौँ स्थानमा छन् ।

स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने न्युजिल्यान्ड दशौँ स्थानमा छ। दक्षिण एसियामा नेपाल खुशी हुने देशको शीर्ष स्थानमा रहेको छ । नेपाल सूचीको ८४ औँ स्थानमा छ ।

भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन् । नेपालपछि बुलगेरिया र माल्दिम्भ छन् । सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन् । श्रीलंका १२६ औँ स्थानमा छ भने भारत १३६ औँ स्थानमा छ।

चीन भने नेपाल भन्दा खुशी देशमा परेको छ। चीन ८२ औँ नम्बरमा रहेको छ ।