भोजपुरको हतुवागढी–२ मा एमालेको प्यानल नै विजयी

143
Friendship Mobile

भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा एमालेका उम्मेदवार विचारी थापा विजयी भएका छन्।

आइतवार बिहान साढे ३ बजे सम्पन्न मतगणनामा ६४० मत सहित थापा वडाध्यक्षमा प्यानलसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारद राईले ४७८ मत प्राप्त गरेका छन्। 

वडा नम्बर २ मा ११६२ कुल मत खसेको थियो। जसमा नेकपा एमालेका उम्मेदवारहरू प्यानलै विजयी भएका हुन्।