निजगढ ६ मा १३ सय मत गणना : एमालेको अग्रता कायमै


बाराको निजगढ वडा नं. ६ मा एमालेले अग्रता लिएको छ । वडा अध्यक्षका उम्मेदवार घनश्याम तिमल्सिनाले ७८ मतले अग्रता लिएका हुन् ।
तिमल्सिनाले ५३३ मत ल्याउँदा राप्रपाका राउतले ४५५ र गठबन्धनका धनमाया लामाले १३९ मत ल्याएकी छिन् ।
मेयर–उपमेयर पदको अवस्था
मेयर :
सुर्य–६००
गठबन्धन (रुख)– ४२७
हलो –१२८
गिटार– १२
उपमेयर :
सुर्य ५०९
हसिँया हथौडा १८४
हलो–१८४
गिटार–१५