एमाले कार्यकर्ता सहित बीसौं जना राप्रपामा प्रवेश

220
Friendship Mobile

पोखरा,

पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नेहरु दिनानुदिन बढ्दै गएका छन्। यसै क्रममा विभिन्न पार्टी परित्याग गरि २० भन्दा बढि नेता तथा कार्यकर्ताहरु एकसाथ राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका हुन्।

राप्रपा प्रवेश गर्नेहरुमा नेकपा एमाले परित्याग गरि रुपा गाउँपालिका ६ चिसापानीका ध्रुव थापा, रुपा गाउँपालिका ७ माझगाउँका नवराज खनाल, अन्नपुर्ण गाउँपालिका ३ मुलाथरेका भगिरथ पौडेल, पोखरा २९ का हरिप्रसाद उपाध्याय, पोखरा ३१ बेगनासका राजेश कार्की, अन्नपुर्ण गाउँपालिका ७ का प्रकाश भण्डारी लागाएत रहेका राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए।

राप्रपाले उठाउँदै आएको राजसंस्थासहितको प्रजातन्त्र र नेपाललाई हिन्दु राष्ट्र घोषणा हुनुपर्ने लगाएतका पार्टीको मुल्यमान्यतालाई आत्मसाथ गर्दै पार्टी प्रवेश गरेको उनीहरुले बताएका छन्।