२०८३ भाद्र ५ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र ५ शुक्रबार

धर्मशालाकै रुपमा प्रयोग गर्न माग राख्दै बिरोध प्रदर्शन

निजगढ /बारा

सचेत सरोकारवाला निजगढले निजगढ नगरपालिका वडा नम्बर ९ शहिदचोक स्थित लक्ष्मीनारायण मन्दिर तथा धर्मशालाको नाममा रहेको जग्गा धर्मशालाका रुपमा प्रयोग नभई व्यापारीक प्रयोजनमा प्रयोग भईरहेको भन्दै हिजो शुक्रबार बिरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले धर्मशालाको नाममा रहेको जग्गामा कृषि विकास बैंक लिमिटेडलाई व्यापारीक प्रयोजनमा दिएकाले धर्मशालालाई धर्मशालाकै रुपमा प्रयोग गर्न माग राख्दै बिरुद्ध प्रदर्शन गरेको हुन ।

उनीहरुले धर्मशालाको अगाडी करिब २ घण्टा विरोध कार्यक्रम गरिएको थियो। मन्दिर तथा धर्मशालाको जग्गामा व्यापारिक केन्द्र बनाइ कृषि विकास बैंक सञ्चालन छ भने सटरहरु समेत बनाई व्यवसाय सञ्चालन गरिएको तथा भवन पछाडि सानो मन्दिर मात्र बनाएर समितिले व्यापार व्यवसाय गरेका कारण विरुध गरीएको सचेत सरकारवाला निजगढका संयोजक खड्गप्रसाद उप्रेतीले जानकारी दिए । उनले निजगढमा भएका यस्ता विकृति विसंगतिको विरुद्धमा जुनसुकै धार्मिक स्थल चाहे मुस्लिम चाहे क्रिश्चियन चाहे बौद्धिक जहाँसुकै पनि यस्ता आवाजहरु उठाउने र यस्ता गतिविधिका विरुद्ध लाग्ने बताए ।

कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरू विनोद भारती, वासुदेव तिमल्सिना, भक्त दर्लामी, रामहरि खरेल,केशब राउत, नवराज योञ्जन, बिदुर खड्का लगायतको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।