पत्रकार झाले अस्पतालका बिरामीलाई फलफुल वितरण गर्दै मनाईन जन्मदिन

8

मलंगवा, ३ फागुन । पत्रकार बन्दना झाले प्रादेशिक अस्पताल मलंगवाका बिरामिलाई फुलफुल वितरण गर्दै र वाल मन्दिरका बालबालीकालाई भोजन सेवा गर्दै आईतबार आफ्नो जन्मदिन मनाएकी छिन ।

हरेक जन्मदिनमा फरक समाज सेवाका काम गर्दै आएकी पत्रकार झाले आज बिरामी र वालवालीकाको सेवा गरेकी हुन । जिल्लाका अन्य पत्रकारहरुलाईसमेत निमन्त्रणा गरेर झाले कार्यक्रम गरेकी हुन । यसरी एकदिन भएपनि बिरामी र वालवालीकालाई सेवा गर्न पाउँदा आफुलाई खुसि लाग्ने उनले प्रतिकृया दिईन ।

झा नेपाल पत्रकार महासंघ शाखा सर्लाहीकी उपाध्यक्ष र मधेश मिडिया काउन्सिलकी सदस्य समेत हुन ।