चन्द्रपुर नगरपालीका ४ को वडा कार्यालयको सेवा आफ्नै भवनबाट

211
Friendship Mobile

भाडाको घरबाट कार्यालय सञ्चालन हुँदै आएको रौतहटको चन्द्रपुर नगरपालीका ४ को वडा कार्यालयले आफ्नै भवनबाट सेवा शुरु गरेको छ ।

चन्द्रपुर ४ स्थित एक घर भाडामा लिएर सेवा प्रवाह गर्दै आएको वडा कार्यालयले आईतबारबाट आफ्नै भवनबाट शुरु गरेको हो । भवन चन्द्रपुर ४ स्थित दुर्गा माध्यमिक बिद्यालय नजिक जनएकता सामुदायिक बनको छेउमा रहेको छ ।

वडावासीलाई पायक पर्ने स्थानमा भवन निर्माण गरि सेवा शुरु गरेको वडा नं. ४ का वडा अध्यक्ष अमर आलेले जानकारी दिनुभयो ।