मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

251
Friendship Mobile

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट आज सुनुवाइ हुने भएको छ।

संसद् विघटन गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका थिए। त्यसका विरुद्ध गरेको विरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । बुधबार सो रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आज बिहीबारका लागि तोकिएको छ ।

संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्दै अधिवक्ता दिनेश त्रिपाठीले पुस १४ गते रिट दायर गरेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ।

यसको बुधबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको इजलासमा पेशी तोकिएको थियो। तर, हेर्न नभ्याएपछि सुनुवाइ हुन सकेको थिएन्।

आज फेरि न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेशी तोकिएको छ।

रिटमा प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओली प्रतिनिधिसभा सदस्यसमेत नभएको र सरकार कामचलाउ भइसकेको अवस्थामा संविधानको मर्मविपरीत मन्त्रिपरिषद् विस्तार गरेको उल्लेख छ।

त्यसैले मन्त्रिपरिषद् विस्तारलाई बदर गर्न र नवनियुक्त मन्त्रीलाई तत्काल कामकाज नगर्न नगराउन आदेश दिन माग गरिएको छ।