स्काभेटरमा आगजनी गर्ने गुजाराका २८ बर्षिय रुस्तम लहेरि पक्राउ

233
Friendship Mobile

एक बर्ष अघि रोकी राखेको स्काभेटरमा आगजनी गर्ने रौतहटका २८ बर्षिय रुस्तम लहेरिलाई प्रहरिले पक्राउ गरेको छ ।

२०७६ सालको बैशाखमा गुजारा नगरपालीका ६ स्थित खतवयीया टोलमा सिँचाईं प्रयोजनका लागी रोकि राखेको स्काभेटरमा राती पौने १२ बजेतिर सोहि स्थानका लहेरिले आगजनी गरेका थिए । आपराधिक उपद्रव सम्बन्धि कसुरमा फरार रहेका प्रतिवादि लहेरिलाई प्रहरिले मंगलवार मध्यान्ह गाउँबाटै पक्राउ गरेको हो ।

दोलखाको मेलुंग गाउँपालीका ७ बस्ने सुमन खड्काले वादी नेपाल सरकार र प्रतिवादि लहेरि बिरुद्ध जाहेरि दिएका थिए । पक्राउ परेका लहेरिलाई मंगलवार नै जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।