समाजसेवी गौतमद्वारा बालउद्यान निर्माणमा आर्थिक सहयोग

404
Friendship Mobile

बर्दिबास : युवा व्यापारी तथा समाजसेवी ईन्जिनीयर कल्याण गौतमले बालउद्यान निर्माणमा आर्थिक सहयोग गरेका छन् । महोत्तरीको बर्दिबास –१४ का ईन्जिनीयर गौतमले दस हजार पाँच रुपौया नगद सहयोग गरेका हुन् ।

बिद्यालय निमार्ण, तपाईं हाम्रो अभियान भन्ने नारा साथ जनसहयोगी युवा सञ्जाल बर्दिबासले महोत्तरीको बर्दिबास नगरपालिका– ९ मा रहेको राष्ट्रिय माध्यमिक बिधालय पशुपतिनाथ बनरझुल्लामा निर्माण गरिरहेको गार्डेन तथा चिल्ड्रेन पार्कका लागि उनले सहयोग गरेका हुन् ।

युवा सञ्जालका अध्यक्ष परमेश्वर महतोले सुन्दर विद्यालय निर्माणमा सहयोगी मनहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।