धनकौलमा भिषण आगलागी, करिव १२ लाखको क्षति

385
Friendship Mobile

सर्लाहीको दक्षिणी क्षेत्रम पर्ने धनकौलमा आगलागी भएको छ । आगलागीबाट ११ लाख ६३ हजार ७०० रुपैंया बराबरको धनमाल जलेर नष्ट भएको छ ।

धनकौल गाउँपालिका–५ छठिघाट स्थित बिलास महतोको दुई तले घरको तल्लो तलामा रहेको खाना पकाउने ग्याँस सिलिण्डर लिक भई आगो लागि हुँदा सामानहरु जलि नष्ट भएको हो ।

आगोले घर तथा घर भित्र रहेको अनाज, लत्ताकपडा, भाँडाकुँडा लगायत सम्पूर्ण सामानहरु जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार बुधबार बिहान साँढे ८ बजे लागेको आगो पौने ११ बजे नियन्त्रणमा लिईएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका प्रहरि नायव उपरिक्षक एवं सुचना अधिकारि मदन कुवंरले जानकारि दिए ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानिय तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।