छोरोको हत्या गरेको आरोपमा बुबा पक्राउ

329
Friendship Mobile

आफ्नै नाबालक छोरोको हत्या गरेको आरोपमा बैतडीबाट एक व्यक्ति पक्राउ परेका छन् ।

तीन महिनाको नाबालक छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका-५ खनाडी बस्ने ४० वर्षीय राजबहादुर चन्द मंगलबार पक्राउ परेका हुन् ।

राजबहादुरले नाबालक छोरालाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजबहादुरले आफ्नो ७० वर्षीय बुबा मन्धिर चन्दलाई समेत कुटपिट गरेका छन् ।