ट्रक ब्यवसायी संघ सर्लाहीको छैठौँ साधारणसभा सम्पन्न

291
Friendship Mobile

ट्रक ब्यवसायी संघ सर्लाहीको छैठौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । हरिवन नगरपालिका १० मा २०६५ सालमा स्थापना भएको संघको शनिबार छैँठौँ बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

संघ सर्लाहीका अध्यक्ष राम बहादुर दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा हरिवन नगरपालिकाकी उप–प्रमुख रेणुका पौडेल, हरिवन ८ का वडाध्यक्ष यज्ञ विनोद ढुंगेल, हरिवन ९ का वडा अध्यक्ष सिताराम पोख्रेल, उद्योग बाणिज्य संघ हरिवनका अध्यक्ष मोहन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्स हरिवनका अध्यक्ष कृष्ण ओमपोते लगाएत जिल्लाभरका ट्रक व्यावसायीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा असल ट्रक चालकको रुपमा चालक प्रकाश राईलाई सम्मान गरिएको थियो भने जेष्ठ नागरिक ववरजंग थापालाई समेत सम्मान गरिएको थियो ।