भारतीय औषधि निर्माता कम्पनीलाई ५ करोड डलर जरिवाना

324
Friendship Mobile

अमेरिकी न्याय विभागले भारतीय औषधि निर्माता कम्पनीलाई ५ करोड डलर जरिवाना गर्ने भएकाे छ। फ्रिसेनियस काबी ओन्कोलोजी लिमिटेड (एफकेओएल) कम्पनीले आवश्यक रेकर्ड नष्ट गरेको भन्दै जरिवाना गर्न लागेकाे हाे।

एफकेओएलको पश्चिम बंगालको कम्पनी छ। यसले क्यान्सर सम्बन्धित औषधिहरू अमेरिकामा बिक्री गर्दै आएको थियो। खाद्य तथा औषधि प्रशासन (एफडीए)को टोलीले सन् २०१३ मा एफकेओएलको कारखाना निरीक्षण गरेको थियो । तर, कम्पनीले आवश्यक रेकर्ड मात्र लुकाएन, नष्ट पनि गरेको थियो।

एफडीए कानून उल्लंघन गरेको आरोपमा दोषी ठहरिएको थियो। अनुसन्धानको क्रममा कम्पनीले आवश्यक कागजातहरू उपलब्ध गराउन सकेको थिएन।

‘औषधि उत्पादनको रेकर्ड मात्रै कम्पनीले नष्ट गरेको छैन। एफकेओएलले एफडीए नियमको नियम पनि उल्लघंन गरेको छ। त्यो भन्दा धेरै गम्भीर बिरामीहरुलाई खतरामा पारेको छ,’ न्यायाधीशले भनेका छन्।