नेपाल पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षमा टंक क्षेत्री

518
Friendship Mobile

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षतामा पत्रकार टंकबहादुर क्षेत्री निर्विरोध निर्वाचित भएका छन् । आइतवार सदरमुकाम मलंगवामा भएको उम्मेदवारी दर्ता कार्यक्रममा सर्वसम्मत् रुपमा क्षेत्रीको मात्रै उम्मेदवारी परेपछि अध्यक्षमा निर्विरोध चुनिएका हुन् ।

यस्तै, कार्य समितिको उपाध्यक्षमा अनवर अहमद्, महिला उपाध्यक्षमा पुस्तिका के.सी. (पुष्पा), सचिवमा सुनिल कुमार ठाकुर, सहसचिवमा घनश्याम सिंह, समावेशी सहसचिवमा स्वस्तिमा अधिकारी, कोषाध्यक्षमा अच्यूतम सापकोटा, महिला सदस्यमा चाँदनी कुमारी कुशवाहा, दलित सदस्यमा क्षितिज विश्वकर्मा, आदिवासी जनजाति सदस्यमा घनश्याम बलम्पाकी, मधेसी सदस्यमा फेकन महतो, अन्य समावेशी सदस्यमा पंकजकुमार कर्ण (सन्जु) निर्विरोध चयन भएका छन् ।

उम्मेदवारी दर्ताका क्रममा खुल्ला सदस्यमा बाहेक अन्य पदमा एकल उम्मेद्वारी परेर निर्विरोध भएपनि चैत २५ गते निर्वाचनका दिन औपचारिक प्रक्रिया पूरा गर्नुपर्ने छ । सोही दिन प्रदेश तथा केन्द्रीय समितिका पदाधिकारीहरुलाई जिल्लाबाटै मतदान हुने छ ।

लामो समयदेखि पत्रकारिता गर्दै आएका नव निर्वाचित अध्यक्ष क्षेत्री (हरिवन नगरपालिका–८, चापिनी निवासी पत्रकार) हाल नागरिक दैनिकका सर्लाही संवाददाता र उज्यालो अभियान दैनिकका अध्यक्ष हुन ।