देश र श्रीपेच जोगाउने महाअभियान अन्तर्गत बिर गोर्खालीले ग¥यो चितवनमा मोटरसाईकल ¥याली

743
Friendship Mobile

हिन्दु राष्ट्र सहितको राजा हुनुपर्छ भन्दै अभियान चलाई रहेको वीर गोर्खाली (ATF)ले शनिवार मध्यान्ह चितवनको टाँडिमा राष्ट्रिय झण्डा सहित मोटरसाईकल ¥याली सम्पन्न गरेको छ ।

देश र श्रीपेच जोगाउने महाअभियान अन्तर्गत ¥याली गरिएको ¥यालीमा सहभागी भएका (ATF) सर्लाही संयोजक सिद्धार्थ सुवेदीले जानकारि दिए । संयोजक सन्तोष राजावादीको बिशेष उपस्थिती तथा वीर गोर्खाली चितवनको आयोजनामा ¥याली गरिएको हो । ¥यालीमा ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगाएतका बिभिन्न नारा लगाईएको थियो ।

¥यालीमा (ATF) रौतहट संयोजक प्रकाश राजावादी, (ATF) बारा संयोजक निश्चलराज अधिकारि सहित राष्ट्रिय शक्ति नेपाल सर्लाही कमिटीका सदस्यहरु लगाएत राजा ल्याउने अभियानमा आवद्ध बिभिन्न अभियानका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

¥याली चितवनको टाँडी बकुलर सहित आसपासका बिभिन्न ठाउँमा पुगेर कोण सभामा परिणत भएको थियो ।