तोकिएको समयमा चुनाव गराउन निर्वाचन आयोगलाई ओलीको निर्देशन

280
Friendship Mobile

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई तोकिएको समयमा निर्वाचनको तयारी गर्न निर्देशन दिएका छन् ।

राष्ट्रपति भण्डारीले निर्वाचनको मिति तोकेपछि शनिबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत अन्य आयुक्तसँग छलफल गर्दे यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमत्री ओलीले संसद विघटन गरेको केहिसमयमै कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन आयोगका पधादिकारीहरुसंग छलफल गरेका हुन् ।

पधादिकारीहरुसंगको छलफलमा प्रधामन्त्री ओलीले निर्वाचन निकास अपरिहार्य भएकाले मुलुक निर्वाचनतर्फ अघि बढेको प्रधानमत्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमत्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिशमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकेकी छिन् ।