गौरी शंकर फाउण्डेशन द्वारा रक्तदान कार्यक्रम सम्पन्न

455
Friendship Mobile

२५६५ औं बुद्व जयन्तिको अवसर गौरीशंकर फाउण्डेशन ब्याच २०५७ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ४ जना महिला सहित ३० जनाले रक्तदान गरेका छन् ।

फाउण्डेशनले कोरोना माहामारिको अवस्थामा रक्त सञ्चार केन्द्रमा रगत अभाव भएकोले बिषम परिस्थितिमा पनि स्वाथ्य सतर्कता अपनाई कार्यक्रमको आयोजना गरिएको गौरी शंकर फाउण्डेशनका अध्यक्ष खड्ग राज मैनालीले जानकारी गराउनु भयो ।
यस रक्तदान कार्यक्रम निजगढ नगरपालिका वडा नं ९ शहीद चोकको निर्माणाधीन लक्ष्मीनारायण धर्मशालामा भएको थियो । कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल र उपमेयर लीला देवि लामिछाने खनाल ले अवलोकन गर्नुभएको थियो ।
नेपाल रेडक्रस रक्तसन्चार केन्द्र बिरगन्जको प्राबिधि सहयोग तथा युथ अफ निजगढ र निजगढ युवा सञ्जाल द्वारा स्यंमसेवक गरिएको थियो ।