बाढी पहिरो : हालसम्म २७ जनाको मृत्यु, २६ जना बेपत्ता र ६७६ घर परिवार विस्थापित

247
Friendship Mobile

यस वर्ष मनसुन शुरू भएसँगै बाढी पहिरोबाट २७ जनाको मृत्यु भएको छ, २६ जना बेपत्ता छन् ।

यस्तै, सोही अवधीसम्ममा ६७६ घर परिवार विस्थापित भएका छन् । असारको १५ दिनमा बाढीपहिरोका १४४ वटा घटना भएका छन् । यी घटनामा

बाढीबाट ५८४, पहिरोबाट ३७ र भारी वर्षाबाट ५५ गरी ६७६ घरपरिवार विस्थापित भएका हुन्, ५७२ निजी आवासमा क्षति पुगेको छ । यसमध्ये ११० घर आंशिक र ४६२ घर पूर्ण क्षति भएका छन् ।

त्यस्तै, २१ वटा सरकारी कार्यालय, ५ वटा सरकारी तथा सामुदायिक विद्यालय, १९ वटा झोलुङ्गे पुल, ७ वटा पक्की पुल र १२ वटा जलविद्युत आयोजनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।