रौतहटमा अपराधका घटना न्युनिकरण गर्न प्रहरी प्रमुखहरुसँग छलफल

235
Friendship Mobile

रौतहटमा शनिबार विभिन्न प्रहरी पोष्टका प्रमुखहरुबिच छलफल तथा ब्रिफिङ कार्यक्रम भएको छ ।

पछिल्लो समय जिल्लाका विभिन्न क्षेत्रमा अवैद्य चोरी निकासी तथा अराजक कृयाकलाप भईरहेको सन्दर्भमा प्रहरि प्रमुखहरु बिच छलफल भएको हो । आम नागरिकले अमन चयनको अनुभुति पाउने गरि जिल्लाका विभिन्न युनिट, बोर्डर तथा चौकीका प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिद्धिविक्रम साहले प्रशिक्षण दिनुभएको हो ।

जिल्लाका १८ स्थानिय तहहरुमा भइरहेको सिमा अपराध, चोरी तस्करी नियन्त्रण तथा शान्ति सुरक्षा एवं अमन चयन कायम गराउन अपनाउनु पर्ने उपायहरु बारे छलफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।