किवानीज़ अफ निजगढ परिचयात्मक तथा सपथग्रहण समारोह तारा इन होटल निजगढमा सम्पन्न

662
Friendship Mobile

निजगढ /बारा : किवानिज ईन्टरनेशनल निजगढको एक समारोह बिच परिचयात्मक तथा सपथग्रहण समारोह तारा इन होटल निजगढमा सम्पन्न भएको छ ।

सपथ ग्रहण कार्यक्रमको अध्यक्षता होस्ट क्लव निलगिरी क्लबका प्रेसिडेन्ट भरत ढुङेलले गर्नु भएको थियो भने शपथ ग्रहण पछि नवनियुक्त चार्टर प्रेसिडेन्ट विनोद भारतीले अध्यक्षता गर्नुभएको थियो कार्यक्रमका प्रमुख अतिथि कीवानिज नेपालका वर्तमान गर्भनर मोहन लम्सालले बालबालिकाको क्षेत्रमा सामाजिक कार्य गर्ने तथा सहयोग पुग्ने बताउनु भयो ।कीवनिज़ अफ निलगिरी का प्रेसिडेन्ट भरत ढुंगेल ले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विगत देखि नै निजगढ संग अत्यन्तै निकट रहेको र आउँदा दिनमा किवनिज़ मार्फत अझ सामिप्यता रहने बताउनुभयो ।

कार्यक्रममा कीवनीज़ डिस्ट्रिक नेपालका मास्टर ट्रेनर संजीव पाण्डेले ओरेन्टेशन क्लास दिनुभएको थियो। किवनीज़ संस्थाको बारेमा बताउँदै यसले विशेष गरी बालबालिका को क्षेत्रमा काम गर्ने बताउनु भयो । कार्यक्रममा कीवनिजको उद्देश्य क्लबका सेक्रेटरी पवन श्रेष्ठ ले बुँदागत रुपमा पढेर सुनाउनु भएको थियो।कार्यक्रममा अध्यक्ष तथा पदाधिकारी सदस्यहरुलाई गर्भनर मोहन लम्सालले पिन हस्तान्तरण तथा सपथ ग्रहण समेत गराउनु भएको थियो ।

किवानिज ईन्टरनेशनल निजगढको अध्यक्षमा विनोद भारती, प्रेसिडेन्ट ईलेक्ट प्रेसिडेन्ट दिपेन्द्र श्रेष्ठ, सचिब पवन श्रेष्ठ, कोषध्यक्ष खड्ग प्रसाद उप्रेती रहेका छन् । त्यसैगरी सदस्यहरु भरत ढुंगेल (लालबन्दी),प्रकाश रिमाल (काठमाण्डौ),रामचन्द्र जैसवाल, बिनोद कु. खरेल,निर्मला भारती,बिदुर खड्का,विकास लामा,खड्गराज मैनाली, रन्जन लामिछाने , नवराज लामा, नबराज गौतम, सुदिप तिमल्सिना,आकृति गौतम, सुस्मा भण्डारी , विकल्प भारती, बिराज भारती, र सविना राउत रहेका छन् ।

किवानिज ईन्टरनेशनलको नेपालमा ८६ क्लबका २००० भन्दा बढी सदस्य रहेको कार्यक्रममा बताईएको थियो । कार्यक्रमको सहजिकरण क्लवका कोषाध्यक्ष खडग प्रसाद उप्रेतीले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका निजगढ नगर सभापती महेशी कुमर, नेपाल पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गुरुप्रसाद गौतम , फोटो पत्रकार महासंघका बारा अध्यक्ष जीतलाल श्रेष्ठ,जनता टेलिभिजन बाराका समाचारदाता उमेश सुनार ,एभिन्यूजका बारा समाचारदाता ईन्दिप कोईराला लगायतको उपस्थिति रहेको थियो ।