प्रकाश र मीना : ‘दोहोरी च्याम्पियन’

234
Friendship Mobile

मौलिक रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीले जितेका छन् ।

पोखरामा भएको प्रतियोगिताको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको जोडीलाई भोटिङमा पराजित गर्दै प्रकाश र मीनाले उपाधि जितेका हुन् ।

‘दोहोरी च्याम्पियन’ बनेका प्रकाश र मीनाले २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेका छन् । दोस्रो हुने समूहले १० लाख रुपैयाँको साथमा ५० लाख रुपैयाँ बराबरको जीवन बीमा पाएका छन् ।

प्रतियोगिताको तेस्रो स्थान सविन आचार्य र रिता रावतको जोडीले हात पार्दा मिना नेपाल र राजेन्द्र पाठकले सान्त्वना पुरस्कार पाएका छन् ।

तृतीय हुने समूहले तीन लाख र सान्त्वना हुने समूहले दुई लाख रुपैयाँ प्राप्त गरेका छन् ।