लालबन्दी बजारस्थित कृषि थोक बजार व्यवस्थापन समितिको अध्यक्षमा मगर

224
Friendship Mobile

सर्लाहीको लालबन्दी बजारस्थित कृषि थोक बजार व्यवस्थापन समितिको अध्यक्षमा तोरन बहादुर मगर चयन भएका छन ।

आइतवारदेखि विभिन्न चरणमा भेला तथा छलफल गरि मंगलवार मगरलाई अध्यक्षमा चयन गरिएको हो ।

कृषि विभागबाट आएका प्रतिनिधिहरुको रोहबरमा स्थानिय व्यापारी मगरको अध्यक्षतामा नयाँ समिति बनाइएको तरकारि बजारबाट हरि धमलाले जानकारि दिनुभएको छ ।

सर्लाही जिल्लाकै ठुलो बजारको कृषि थोक बजार व्यवस्थापन समितिमा व्यापारीहरुबाट बाबुलाल योन्जन, जगिरा मियाँ, किसानहरुबाट पशुपती शर्मा, योगेन्द्र महतो, वसन्ती पौडेल सदस्य रहेका छन् ।

समितिमा लालबन्दी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपानेसहित कृषि ज्ञान केन्द्र र जिल्ला समन्वय समितिबाट तोकिएका व्यक्ति समेत सदस्य रहने छन् ।

समितिमा कार्यालयका प्रमुख शम्भुप्रसाद घिमिरे सदस्य सचिव हुने ब्यवस्था रहेको छ ।