२०८३ श्रावण ६ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण ६ बुधबार

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर २३ वर्षीया युवतीको मृत्यु

काठमाडौं । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवतीको निधन भएको छ । मृत्यु हुनेमा नवलपुरासी पूर्व हुस्पेकोट गाउँपालिका-२ गाँडाखोलाकी २३ वर्षीया भुमिसरा आले रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी निरीक्षक गोपाल चालिसेका अनुसार  शुक्रबार साँझ कोठामा मोबाइल चार्ज गर्ने क्रममा आलेलाई करेन्ट लागेकाे थियाे । लगत्तै परिवारले उनलाई मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याएको थियो । अस्पतालले साँझ करिब ८ बजे मृत घोषणा गरेको चालिसेले जानकारी दिए ।

“हामी पहिले अस्पताल गएर त्यसपछि घटनास्थलमा जाँदै छाैं,” चालिसेले भने, “हाम्रो कार्यालयबाट घटना भएको ठाउँ दुई-तीन घण्टाको दूरीमा छ । त्यसपछि मात्र यसबारे थप सूचना बाहिर आउनेछ ।”

प्रहरीका अनुसार निधन भएकी आलेका पतिसँगै एक छोरा र एक छोरी छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।