२०८३ श्रावण ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण ५ मंगलवार

फेसबुक, टिकटक र पब्जीबाट अब सर्जकलाइ रोयल्टी, १५० भन्दा बढी च्यानलमा गीत राख्ने सुविधा

नेपाली कलाकार, सर्जक तथा निर्माताले आफ्ना गीत संगीत अब १५० भन्दा बढी स्टोरमा राख्न सक्ने भएका छन् । यसका लागि मनाेरञ्जन क्षेत्रमा काम गरिरहेकाे नेप्सिने कम्पनीले विश्वका लाेकप्रिय डिजिटल च्यालनहरूमा म्युजिक राख्ने सुविधा ल्याएको छ ।

कम्पनीले हालै फ्ल्यागशिप डिजिटल म्युजिक डिस्ट्रब्युसन प्लेटफर्म ‘नेप्सिने रिभोलुसन’ सार्वजनिक गरेकाे छ । याेसँगै नेपाली गीत तथा संगीत अन्तर्राष्ट्रिय प्लेटफर्ममा वितरण गर्दा भारतलगायत अरु विदेशी एजेन्ट्सहरुको प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएकाे कम्पनीले जनाएकाे छ ।

‘नेप्सिने रिभोलुसन’ ले स्पोटिफाई, अमेजन म्युजिक, एप्पल म्युजिक, डिजर, पन्डोरा जस्ता विश्वका १५० भन्दा बढी म्युजिक स्ट्रिमिङ र म्युजिक स्टोरमा निःशुल्क विश्वव्यापी वितरण गर्न सक्ने सुविधा दिएकाे छ । यो कार्यले नेपाली कलाकारहरुलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास कम्पनीकाे छ ।

साथै यस प्लेटफर्मकाे राइट्स म्यानेजमेन्ट फिचर प्रयाेग गरी सर्जक तथा निर्माताले फेसबुक, इन्स्टाग्राम, टिकटक, पब्जी जस्ता साेसल मिडिया र गेभ स्ट्रिमिङ सर्भिसमा प्रयाेग हुने सिर्जनाबाट सिधै रोयल्टी संकलन गर्न सक्नेछन् ।

यो सेवा नेपाललगायत विश्वका करिब ४० वटा देशमा उपलब्ध गराइएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।