२०८३ जेष्ठ २६ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ २६ मंगलवार

पीसीआर रिपोर्ट नेगेटिभ आए पनि किन हुन्छ कतिपय व्यक्तिको मृत्यु ?

कोभिड-१९ को संक्रमण भएर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि पनि कतिपय व्यक्तिको ज्यान जाने गरेको छ। पछिल्लो समय मात्रै, पीसीआर रिपोर्ट नेगेटिभ आएको भोलिपल्टै १८ जेठमा विवेकशील नेपाली दलका पूर्व संयोजक उज्ज्वल थापाको निधन भएको थियो। सुन्नमा कमै आए पनि पछिल्लो समय यस्ता बिरामीको संख्या बढिरहेको चिकित्सकहरु बताउँछन्। 
रिपोर्ट नेगेटिभ आइसकेपछि पनि के कारणले मानिसको ज्यान जान्छ त? काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले यसबारे स्पष्ट पारेका छन्। उनीसँगको कुराकानीको सारसंक्षेप:
 

हाम्रो शरीरमा कोरोनाभाइरस प्रवेश गरेपछि शुरुमा फ्यारिंग्स (घाँटीका नली) हरूमा भाइरस रेप्लिकेट (गुणात्मक वृद्धि) हुँदै जान्छ। त्यसपछि ती भाइरस फ्यारिंग्सबाट फोक्सो वा फोक्सोको कोशिकातिर सर्न थाल्छन्। र, केही दिनमै फोक्सोमा निमोनिया गराउँछन्।

डा. अनुप बाँस्तोला

संक्रमण भएको सात/आठ दिनमा निमोनिया भइसकेपछि पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आउनसक्छ। त्यसो हुनुको कारण के हो भने, नाक र घाँटीको र्‍यालमा भाइरस नदेखिन सक्छ। त्यो रिपोर्ट नाकको रिपोर्ट हो, तर भाइरसले फोक्सो र अन्य अंगमा समेत पुगेर असर गरिसकेको हुनसक्छ। 

त्यसैले पीसीआर नेगेटिभ आयो भन्दैमा कोरोना सिद्धियो भन्ने ठान्नु हुँदैन। जब कोरोनाभाइरसले शरीरको एउटा अंग, फोक्सो खाइसकेको छ, निमोनिया गराइसकेको छ, शरीरको प्रतिरक्षा शक्तिलाई हाम्रै कोशिकाविरुद्ध लगाएको छ र शरीरमा रगत जम्ने प्रक्रिया शुरु भइसकेको छ भने पीसीआर रिपोर्ट नेगेटिभ आएर अर्थ हुँदैन।

भएभरको नोक्सानी भइसकेपछि रिपोर्ट नेगेटिभ नै आए पनि मानिसको ज्यान जान्छ। पोजेटिभ वा नेगेटिभ रिपोर्टले बाँच्ने र मृत्यु हुने निर्धारण गर्दैन। अस्पतालमा भर्ना भएका प्रायः सबै बिरामीको पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आउँछ। त्यो स्वाभाविक हो। तर, पीसीआर नेगेटिभ आएपछि सन्चो भयो भन्ने हुँदैन।

भनाइको अर्थ, र्‍यालको नमूना पोजेटिभ, नेगेटिभ आउँदैमा रोग हुने/नहुने भन्ने हुँदैन। हामी चिकित्सकहरू खासमा पीसीआर रिपोर्ट र पोजेटिभ/नेगेटिभको पछाडि लाग्दैनौं। स्वास्थकर्मीको ज्ञान वा क्लिनिकल जजमेन्टको आधारमा कोभिड–निमोनिया हो भन्ने लागेपछि हामी त्यसको उपचार गर्छौं।himalkhabar
.

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।