२०८३ आश्विन २८ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन २८ बुधबार

लिड न्युज नेपाल कर्मि एवं ब्यवसायी उप्रेतीमाथी हमला

बाराको निजगढका एक ब्यवसायी एवं लिड न्युज नेपाल अनलाईनका संचालक सदस्य मध्येका एक खड्ग प्रसाद उप्रेती माथी सांघातिक हमलाको प्रयास भएको छ ।

निजगढ नगरपालीका स्थित शहिद चोकमा मोबाईलको पसल संचालन गर्दै आउनुभएका उप्रेती माथी हातपातको प्रयास भएको हो । सोमवार दिउँसो करिव ३ बजेको समयमा सुशान्त भ्लोन, प्रमोद वाइबा, किरण कार्की लगायत केही अपरिचित युवाहरुले सस्तोमा किन्न पाउनुपर्ने भन्दै उप्रेतीमाथी हातपात गर्ने प्रयास गरेका हुन ।

एक दुई पटक आफुलाई लागेको भन्दै उप्रेतीले घट्नामा संलग्न जो कोही भएपनी कडा भन्दा कडा सजायको माग गरेका छन । एक ब्यवसायीमाथी दिन दहाडै हातपातको प्रयास भएकोमा निजगढका ब्यापारिहरु आक्रोशित भएका छन । उनिहरुले दोषिलाई हदै सम्मको कारवाहीको माग गरेका छन ।

राप्रपा नेपालका निजगढ नगर संयोजक एवं समाजसेवि उप्रेती प्रतिको हमलाले सिंगो ब्यापार क्षेत्रमा नै त्रास सिर्जना हुने भन्दै निजगढका ब्यापारिहरुले सुरक्षा प्रत्याभुतिको समेत माग गरेका छन ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।