लायन्स क्लव अफ लालबन्दी सिटिले बिपन्न परिवारका लागी फाईबर सिरक बाँड्यो

368
Friendship Mobile

सर्लाही | लालबन्दीमा शुक्रवार लायन्स क्लव अफ लालबन्दी सिटिले बिपन्न परिवारका लागी फाईबर सिरक बितरण गरेको छ ।

लालबन्दी नगरपालिका ५ मा ३० जनाको लागी र लालबन्दी १२ जियाजोरमा १० जना बिपन्न परिवारका लागी फाईबर सिरक बितरण गरिएको लायन्स क्लव अफ लालबन्दी सिटिका अध्यक्ष बिकल जर्गा मगरले जानकारि दिनुभयो ।

सिरक बितरण कार्यक्रममा लायन्स क्लव अफ लालबन्दी सिटिका जोन चेयर पर्सन राजकुमार न्यौपाने, क्लवका पास्ट प्रेसिडेन्टहरु पुस्कर उपाध्याय र धर्मराज थापा लगाएतको उपस्थिति रहेको थियो ।

जाडोमा न्यानो फाईबर सिरक पाएपछि बिपन्नहरु खुसि भएका थिए ।