जबरजस्ती करणि मुद्दाका फरार एक अभियुक्त पक्राउ

184
Friendship Mobile
  • क्षितिज बिश्वकर्मा | सर्लाही

प्रहरीले जबरजस्ती करणि मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । बरहथवा नगरपालिका १६ चाईनाटोलमा लुकेर बस्दै आएका चन्द्रनगर गाउँपालिका ३ बस्ने २० बर्षका चन्चुल भन्ने समिर महतोलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मुर्तियाबाट गस्तिमा खटिएको प्रहरिको टोलीले महतोलाई पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारी दिनुभयो ।