लालबन्दी गुरुकुलमलाई जेसिजले ग¥यो खाद्यान्न सहयोग

170
Friendship Mobile

सर्लाही | मानवताका लागि सामाजिक सेवामा सकृय लालबन्दी जेसीजले शुक्रवार साँझ एक कार्यक्रमका विच खाद्यान्न हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका वडा नं ७ डुमडुमे मन्दिर देवालय परिसरमा रहेको लालबन्दी गुरुकुलमका लागि १८० केजी चामल, ५० केजी आलु, १० लिटर खानेतेल, १० केजी दाल, १० केजी नुन लगायतका खाद्य सामाग्री हस्तान्तरण गरिएको लालबन्दी जेसिजका महासचिव मनोज बख्रेलले जानकारी दिनुभयो ।

जेसिजका उपाध्यक्ष सुमन थापाको संयोजकत्वमा खाद्यान्न हस्तान्तरण गरिएको हो । उक्त समारोहमा संस्थाका अध्यक्ष सन्तोष पौडेल, निवर्तमान अध्यक्ष श्याम कुमार खड्का, सस्थापक अध्यक्ष किरण घिमिरे एवं लालबन्दी जेसीज बर्ष २०२१ र २०२२ का अधिकांस पदाधिकारीको उपस्थिति रहेको कार्यक्रम संचालक संस्थाका कानुनि सल्लाहकार सरोजबाबु न्यौपानेले बताउनु भयो ।

संस्थापक अध्यक्ष घिमिरेको प्रमुख आतिथ्यतामा समपन्न कार्यकममा दाताहरुलाई गुरुकुलमका प्रधानाचार्य, मुख्य ब्यबस्थापक देविबन्धु थापा, ब्यबस्थापक तथा ब्यबस्थापन समितिका सकृय व्यक्तित्व ऋषि प्रसाद सुवेदी लगायतले खादा तथा रामनामी ओढाएर स्वागत एवं सम्मान गरेका थिए ।

कार्यक्रमको सुरुवातमा शिक्षारत बटुकहरुबाट स्वस्ति वाचन गरिएको संस्थाका कोमलहरी गौतमले बताउनुभयो ।