एनएमबि बैंक लालबन्दीले दियो वित्तीय साक्षरता तथा डिजिटल सचेतना सम्बन्धि प्रशिक्षण

161
Friendship Mobile

सर्लाही | एनएमबि बैंक लालबन्दी शाखाले लालबन्दी –१, नवलपुरमा रहेको लर्ड ब्राईट स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई शुक्रवार वित्तीय साक्षरता तथा डिजिटल सचेतना सम्बन्धि प्रशिक्षण दिएको छ ।

विद्यार्थीहरुलाई विद्यमान बैकिङ्ग प्रणाली सम्बन्धि ज्ञान दिने उद्देश्यले ‘वित्तीय साक्षरता तथा डिजिटल सचेतना कार्यक्रम’ सञ्चालन गरिएको बैंकका शाखा प्रबन्धक अरुण आचार्य बताउनुभयो ।

विद्यार्थीहरूलाई बैंकका अपरेसन इन्चार्ज अमृत अन्सुले बैंक परिसरमै प्रशिक्षण दिएका प्रबन्धक आचार्यले जानकारी दिनुभयो ।

वित्तीय साक्षरता तथा डिजिटल सचेतना प्रशिक्षण कार्यक्रमबाट कक्षा –९ मा अध्ययनरत विद्यार्थीहरु लाभान्वित भएका विद्यालयले जनाएको छ ।