२०८३ कार्तिक १३ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक १३ बिहीबार

भारतद्वारा अली एक्सप्रेससहित ४३ चिनियाँ एपमाथि प्रतिबन्ध

भारत सरकारले सपिङसम्बन्धी वेबसाइट अली एक्सप्रेससहित ४३ वटा चिनियाँ एप प्रयोगमा प्रतिबन्ध लगाएको छ । भारतको सूचना प्रविधि मन्त्रालयले ती एपहरु सूचना प्रविधि ऐनको प्रावधानअनुसार भारतमा प्रतिबन्ध लगाइएको मंगलबार जनाएको हो ।

भारतको सूचना तथा प्रविधि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ‘प्रतिबन्धित एपहरूले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र भारतको सुरक्षामाथि खतरा उत्पन्न भएको’ जनाएको छ । मन्त्रालयले भारतको गृह मन्त्रालयको साइबर अपराध समन्वय केन्द्रको विस्तृत प्रतिवेदनका आधारमा ती एपमाथि प्रतिबन्ध लगाइएको जनाएको छ ।

यसअघि भारत सरकारले २ सय २४ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाइसकेको छ । सेप्टेम्बर ३ मा भारतले १ सय १८ वटा एपमाथि प्रतिबन्ध लगाएको थियो । त्यसअघि विभिन्न दुई चरणमा १ सय ६ वटा चिनियाँ एपको भारतमा प्रतिबन्ध लगाइएको थियो । प्रतिबिन्धितमध्ये टिकटक, बिगो लाईभ, पब्जिलगायतका एप भारतमा निकै लोकप्रिय रहेका थिए ।

मोबाइल फोन र एपका लागि विश्वकै ठूलो बजार मानिने भारतमा चिनियाँ फोन र एपहरूको प्रयोग लोकप्रिय छ । मोबाइल एपमार्फत चीनले सूचना संकलन गरेको आरोप भारतले लामो समयदेखि लगाउँदै आएको छ ।

पछिल्लो समय भारत र चीनबीचको सीमाक्षेत्र लद्दाखमा जारी तनावका कारण विवाद उत्कर्षमा छ । दुई देशीय सीमाक्षेत्र गलवान उपत्यकामा गत जुनमा भएका हिंसात्मक झडपका क्रममा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए ।

कान्तिपुरमा समाचार छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।