२०८३ कार्तिक १७, मंगलवार ०:३५

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक १७, मंगलवार ०:३५

रानिगञ्जमा आजबाट कृषि बजार संचालन

रानिगञ्ज । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १७ रानिगञ्जमा आजबाट कृषि बजार संचालनमा आएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत लालबन्दी बजारको सवारी चाप कम गर्ने र कृषकलाई सहज बजार उपलब्ध गराउने उद्देश्यसहित ‘देवता महाकाली कृषि बजार’ सञ्चालनमा आएको हाे ।

देवता महाकाली कृषि बजार ब्यवस्थापन समितीका अध्यक्ष रामबहादुर खड्काको अध्यक्षता तथा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेलको प्रमुख आतिथ्यमा बजारको उद्घाटन गरिएको हो ।

लामो समयको प्रयासपछि वडा कार्यालय, लालबन्दी नगरपालिका, मधेश प्रदेश सरकार र सङ्घीय सरकारको संयुक्त लगानीमा करिब १ करोड ९ लाख रुपैयाँको लागतमा बजारको आवश्यक भौतिक संरचना निर्माण गरिएको हो । स्थानीय देवता महाकाली गुठीले उपलब्ध गराएको चार बिघा जग्गामा १२ वटा सटर तथा ३६ वटा स्टलसहितको व्यवस्थित कृषि सेड तयार पारिएको छ ।

सञ्चालक समितिका अनुसार लामो समयदेखिको तयारीपछि आगामी कात्तिक १५ गतेदेखि बजार नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ । आइतबार लाग्ने हाटबजारमा तरकारीका साथै खसीबोकासमेत किनबेच हुने गरी व्यवस्था मिलाइएको छ ।

यो कृषि बजारलाई लालबन्दीको मुख्य तरकारी बजारको विकल्पका रूपमा हेरिएको छ । हाल लालबन्दी नगरपालिका–७, डुमडुमे मन्दिरअगाडि १८ कट्ठा क्षेत्रफलमा मात्र तरकारी बजार सीमित हुँदा ठाउँ साँघुरो भएर प्रत्येक दिन बिहान २ देखि ३ घण्टासम्म पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित हुँदै आएको छ ।

कार्यक्रममा बोल्दै लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले महेन्द्र राजमार्ग विस्तारपछि लालबन्दीको मुख्य बजार थप साँघुरिने अवस्था रहेकाले रानीगन्ज र नवलपुरमा तरकारी बजार विस्तार गर्नुको विकल्प नरहेको स्पष्ट पारे । उनले लालबन्दीको अस्तव्यस्तता अन्त्य गर्न यी बजारहरूलाई व्यवस्थित गरिने बताए ।

त्यसैगरी, लालबन्दी थोक तरकारी बजारका अध्यक्ष प्रमोद थपलियाले रानीगन्ज तरकारी बजारलाई तरकारी उपसङ्कलन केन्द्रका रूपमा विकास गर्न आफूहरूले आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पटेलले बजारलाई निरन्तरता दिन सकेको सहयोग गर्ने र किसान प्रोत्साहनका कार्यक्रमलाई थप ब्यवस्थित बनाउन भुमिका खेल्ने बताएका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।