महिला माथि हिसा गर्ने लाई फाँसीको सजाय हुनु पर्ने माग

223
Friendship Mobile

महिला माथि जघन्य अपराध गर्नेलाई फाँसीको सजाय हुनुपर्ने एक कार्यक्रममा सहभागीहरुले माग गरेका छन् ।

विभिन्न कारणले समाजमा महिलामाथि हिंसाको घटना हुने गरेकाले यस्ता घटनाका दोषीले उन्मुतmी पाउने गरेकाले कानुनी प्रावधानमा फाँसीको सजाय हुनु पर्ने उनीहरुले माग गरेका हुन् । रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार मेची महाकाली बुहारी संयँुतm आवाजले गरेको कार्यक्रममा बोल्दै बतmाहरुले महिला तथा बालिका हिंसाका घटना बढेको प्रति चिन्ता व्यतm गर्दै कानुनमा फाँसीको सजाय भएमात्र निरुत्साहित हुने धारणा राखेका छन् ।

कार्यक्रममा बोल्दै बृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादवले बन्दाबन्दीको अवधिमा हिंसा र अपराधका घटना बढेकाले समाजमा डर र त्रासको बाताबरण सिर्जना भएको बताउनुभयो । बिशेष गरि बालिका बलत्कारका घटना बढेको प्रति चिन्ता व्यतm गर्दै समन्नुत समाज निर्माणका लागि संघिय सरकारले उन्ुमतिm नदिई कानुनी प्रवधान र व्यवस्थामा कडा गर्नु पर्ने बताउनुभयो ।

भेदभाव रहित हिंसा र अपराधमुतm समाज बनाउन सवैले सहयोग अपिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले  रौतहटकै एक बालिका बलत्कारका घटनामा मेची महाकाली बुहारी संयँुतm आवाजले गरेको कार्यको प्रशंसा गर्नुभयो । सो कार्यक्रममा मेची महाकाली बुहारी संयँुतm आवाजका नारायणी अंञ्चल सल्लहकार संयोजक कल्पना पौडेलले महिला तथा बालिका माथि हुने जघन्य अपराधका घटना गाँउमा अझै लेनदेनमा नै मिलाईने गरेको प्रति दुख व्यतm गर्दै यस्तै विविध कारणले दोषीले उन्मुतिm पाउने र घटना दोहोरीने गरेको बताउनुभयो ।

उतm कार्यक्रममा संचारकर्मी संजय कार्कीले महिला मात्र नभई समाजमा पुरुष पनि हिंसामा पर्ने गरेको बताँउदै अधिकार खोज्दा कर्तव्य र दायित्व नभुल्न आग्रह गर्नुभयो । सो कार्यक्रममा संचारकर्मी शिव पूरी, फणिदेव महत, दिपेश पौडेल, बालविक्रम कार्की, लगायत मेची महाकाली बुहारी संयँुतm आवाजका बारा, सर्लाहीका संयोजक तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रमको संञ्चालन जयमाला चौधरीले गर्नुभएको हो भने रौतहट सयोजक पुजा पाठकको अध्यक्षतामा सम्पन्न भएको छ ।