थप २१ जना संक्रमितको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

216
Friendship Mobile

काठमाडौं- नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय नाघेको छ।

गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ७ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार १९ जनाको मृत्यु भएको थियो। 

गत २४ घण्टामा ४ हजार ३ सय ९२ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ। कुल संक्रमितमध्ये ३७ हजार ३ सय ८२ सक्रिय संक्रमित छन्। 

कोरोनाको आशंकामा गत २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १२ लाख ५४ हजार १ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल ४ हजार ८ सय ८ जना क्वारेन्टाइनमा छन्।