कटहरिया बजार अब्यवस्थित, सडक साँघुरिदै, दुर्घटनाको जोखिम बढि

549
Friendship Mobile

रौतहट जिल्लाको मध्य भागमा रहेको कटहरिया बजारमा बाहिरबाट आएका ब्यापारिले बस्ने ठाउँ नपाएको गुनासो बढेको छ । बाहिरबाट आएका ब्यापारिलाई स्थानिय ब्यापारिले बजारमा बस्न नदिएर हटाउने गरेका छन ।

चाडपर्वको मौका छोपि कटहरिया बजारमा ब्यापार गर्ने मनसायले आएका ब्यापारिलाई स्थानिय ब्यापारिले बस्न नदिएपछि आगन्तुक ब्यापारिलाई मर्का परेको छ । पुरानो बजार भएकै कारण पनी अन्य ठाउँ तथा भारतका समेत ब्यापारिहरु यहाँको बजारमा आउने गर्छन ।

बिना बजारको दिन कटहरिया बजार क्षेत्र

कटहरिया बजार ब्यबस्थापन समितीले बजार तथा ब्यापारिहरुको राम्रो ब्यबस्थापन गर्न नसक्दा ब्यापारिहरुले दुःख पाईरहेका छन । साथै बजारको उचित ब्यबस्थापन हुन नसक्दा सडकमा जथाभावि ब्यापार गर्ने बढेकै कारण दुर्घटनाको जोखिम बढेको छ ।

ब्यापारिले सडकको दायाँ बायाँ तथा ढलान भएको सडकमा समेत पसल राख्दा सडक साँघुरो भई हिँड्न समेत गाह्रो भएको बजारमा किनमेल गर्न जाने ग्राहकहरुले गुनासो गरेका छन ।

कच्चि सडकको धुलो, अब्यबस्थीत बजार तथा सम्बन्धित निकायको बेवास्ताका कारण कटहरिया बजार कुरुप बनेको छ । यसतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जानु आवश्यक देखिएको छ ।