दिल्ली क्यापिटल्स शानदार जित निकाल्दै ईण्डियन प्रिमियर लिग क्रिकेटको पहिलो पटक फाइनलमा

198
Friendship Mobile

दिल्ली क्यापिटल्सले शानदार जित निकाल्दै ईण्डियन प्रिमियर लिग क्रिकेटको पहिलो पटक फाइनलमा पुगेको छ ।

आईतबार राति सम्पन्न खेलमा दिल्लीले सनराईजर्स हैदरावादलाई १७ सनले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको दिल्लीले २० ओवरमा ३ विकेटको क्षतिमा १८९ रन बनाएको थियो । १९० रनको जीत लक्ष्य लिएर ब्याटिङमा उत्रिएको हैदरावाद २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रनमा समेटिएपछि दिल्ली आईपिएलको १३ संस्करणमा आएर पहिलो पटक फाइनलमा पुगेको हो ।

अब भोली मंगलबार नेपाली क्रिकेटर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले साबिक विजेता मुम्बई इण्डियन्ससँग फाइनल खेल खेल्ने छ । यसअघि गत शुक्रवार सम्पन्न पहिलो क्वालिफायर राउण्डमा मुम्बईले दिल्ललाई ५७ रनले पराजित गरेको थियो ।

फाइनल खेल मंगलबार साँझ ७:४५ बजे युएईको दुवई अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।