दाहाल नेपाल समुहको नेकपाले रौतहटका सिडिया यादव मार्फत प्रधानमन्त्री ओलीलाई बिरोधपत्र पठायो

240
Friendship Mobile

दाहाल नेपाल समुहको नेकपाले रौतहटका प्रमुख जिल्ला अधिकारि (सिडियो) ईन्द्रदेव यादव मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

यहि पौष ५ गत्ते प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले संसद बिघटन गरेको बिरोधमा नेकपा रौतहटले सिडियो यादव मार्फत प्रधानमन्त्रीलाई बिरोधपत्र पठाएको हो । गौरमा एक कार्यक्रमका बिच प्रधानमन्त्री ओलीले संसद बिघटनको घोषणा गरेर प्रतिगमन लाद्न खोजेको भन्दै उक्त कदम सच्याएर संसद पुनस्र्थापना गर्न ज्ञापनपत्र मार्फ माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउन केन्द्रीय सदस्य युवराज भट्टराई, पुर्व मन्त्री सत्यनारायण भगत, दाहाल नेपाल समुहको नेकपाका जिल्ला अध्यक्ष कमल यादव, प्रदेशसभा सदस्य बिन्देश्वर यादव, कटहरिया नगरपालकिाका नगर संयोजक नसरुद्धिन अन्सारि, जिल्ला सदस्यहरु राजदेवी सहनी, रबिरञ्जन यादव, सरला यादव लगाएतका नेकपाका नेताहरु सदरमुकाम गौर पुगेका थिए ।