रौतहटको गढिमाईमा आगलागी, १ लाख माथिको क्षति

201
Friendship Mobile

रौतहटको गढिमाईमा आगलागी हुँदा करिव २ लाख २१ हजार बराबरको क्षति भएको छ । सोमवार गढिमाई नगरपालीका वडा नम्बर १ हरैया बस्ने जवाहिर राय यादवको फुसको छानो भएको गोठमा आगलागी भएको हो ।

लामखुट्टे धपाउन बालेको घुरको आगोबाट गोठमा आगलागी भएको बुझीएको छ । आगलागीको खबर आउना साथ ईलाका प्रहरि कार्यालय समनपुरबाट टोली खटिएर स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिईएकोले ठुलो क्षति नभएको प्रहरिले जनाएको छ ।

आगलागीबाट ३ वटा पाडो जलेर मर्नुका साथ गोठमा राखेको अन्नपात समेत जलेर नष्ट भएको छ ।