ईश्वरपुरमा नमूना बाल विकास केन्द्र भवनको शिलान्यास

245
Friendship Mobile

सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, मा रहेको प्राथमिक विद्यालय बाहुन टोलमा वुधवार नमूना बाल विकास केन्द्र भवनको शिलान्यास गरिएको छ ।

समुन्नति कार्यक्रम अन्तर्गत सेभ द चिडे«नको आर्थिक सहयोगमा ग्रामीण नारी उत्थान संघ हरिपुरले निर्माण गर्न लागेको भवनको नगर प्रमुख मनोजकुमार देवकोटाले शिलान्यास गरेका हुन् । नमूना बाल विकास केन्द्र भवन निर्माणका लागि १५ लाख ९२ हजार ८४२ रुपैयाँ बजेट विनियोजन गरिएको ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिए ।

दुई महिनाभित्रै भवन निर्माण गरेर हस्तान्तरण गर्ने लक्ष्य रहेको संस्थाले जनाएको छ ।