नेपाल खेलकुद महासंघको अध्यक्षमा रमेश पौडेल, उपाध्यक्षमा पर्शुराम बस्नेत

229
Friendship Mobile

नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघको अध्यक्षमा रमेश पौडेल चयन भएका छन् । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित महासंघको पहिलो भेलाले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेत, उपाध्यक्षमा सुभाष श्रेष्ठ, गोबिन्द भट्टराई, एकेन्द्र कुँवर, दिपेन्द्र दाहाल, प्रभात बिक्रम कटुवाल, मानदेव हजारा, भीम ओली, सुदर्शन गुरुङ, धुव्र आचार्य, ओम प्रसाई, चेतन राज गिरी चयन भएका छन् ।

महासचिवमा मेघराज पौडेल चुनिएका छन् भने सचिवमा वासु नेपाल, सन्तोष वान्तावालगायतका ७ जना छन् ।

महासंघको केन्द्रीय कमिटी ५५१ सदस्यीय बनाइएको छ । कमिटी पत्रकार सम्मेलन गरी घोषणा गर्ने तयारी रहेको बताइएको शिलापत्रमा समाचार प्रकाशित छ ।