प्रदेश २ मा मास्क नलगाउनेहरुबाट प्रहरिले उठायो करिव ३ लाख बढी राजस्व

491
Friendship Mobile

प्रदेश २ प्रहरी कार्यालयले गएको एक हप्तामा मास्क नलगाउनेहरुबाट जरिवानास्वरुप साढे तिन लाखभन्दा बढी राजस्व संकलन गरेको छ । कोरोनाको दोस्रो लहर महामारी फैलिँदै गएपछि स्वास्थ्य मापदण्ड पालना नगर्नेहरुलाई सो कारवाही गरेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआइजी धिरज प्रताप सिंहले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालयको सूचना संकलन तथा सम्प्रेषण शाखाका प्रवक्ता एवम् सूचना अधिकारी कृष्ण प्रसाईँका अनुसार जरिवानास्वरुप ३ लाख ५२ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरिएको हो । प्रहरीले कोभिड नियन्त्रणका लागि वैशाख १ गतेदेखि नै विशेषतः सार्वजनिक स्थान सवारी साधनहरुमा मास्क प्रयोग नगरी हिँड्ने व्यक्तिहरुबाट उक्त राजस्व उठेको हो ।