राजा श्री ५ ज्ञानेन्द्रको जन्मोत्सवमा २३ गते लालबन्दीमा कार्यक्रम गरिने

400
Friendship Mobile

राजा सहितको हिन्दु राष्ट्रको पुनस्र्थापनाको अभियान सहित देशमा सक्रिय राष्ट्रिय शक्ति नेपालको जिल्ला कमिटि बैठक आईबार लालबन्दीमा सम्पन्न भएको छ ।

सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर ७ मा रहेको आफ्नै कार्यालयमा अभियानको बैठक बसेको हो । केन्द्रिय अभियन्ता अञ्जु थपलियाको प्रमुख आतिथ्यता एवं समन्वयमा बसेको बैठकले श्री ५ महाराज धिराज ज्ञानेन्द्र बिर बिक्रम शाहदेवको यहि २३ गत्ते परेको जन्म जयन्ति भब्यताका साथ मनाउने निर्णय गरेको छ ।

बैठकले लालबन्दीमा शान्तिपुर्ण प्रदर्शनीसहितको कार्यक्रम गर्ने निर्णय गरेको केन्द्रिय अभियन्ता थपलियाले बताउनुभयो । बैठकमा जिल्ला संयोजक प्रकाश चन्द्र भट्ट, सचिव केशव महत, पत्रकार एवं अभियन्ता रोहित पौडेल लगाएत सयौं हिन्दु धर्म, देश र राजा प्रेमिहरुको उपस्थिती रहेको थियो ।

यसैबिच अभियन्ता थपलियाले देशमा राजाको अनिवार्य आबश्यकता रहेको जिकिर गर्नुभएको छ । देशमा संघियता सफल नभएको तथा अनेक पार्टि र तिनका नेताले देशलाई लुटेर खोक्रो बनाई सकेकोले अब राजाको बिकल्प नभएको उहाँको दाबि छ । अहिले देशमा हत्या, हिंसा, लुट, महंगी, भ्रष्टाचार बढेको भन्दै अभियन्ता थपलीयाले अब देशमा राजा फर्किन धेरै महिना बाँकी नरहेकोले नेपाली जनतालाई धैर्यधारण गर्न समेत आग्रह गर्नुभयो ।