बागमती नगरपालीकाका १०४३ जना बिद्यार्थीका लागी शैक्षिक सामाग्री बितरण


बागमती नगरपालीकाका एक हजार त्रिचालीस जना बिद्यार्थीका लागी ट्रान्सफर्म नेपालले शैक्षिक सामाग्री वितरण गरेको छ । सर्लाहीको बागमती नगरपालीका अन्तर्गतका बिद्यार्थीहरुका लागी द चाईना फाउण्डेशन फर पोभर्टि एलिअभेसन र राष्ट्रिय अपांग पुनस्र्थापना समाजको सहकार्यमा ट्रान्सफर्म नेपालले शैक्षिक सामाग्री बितरण गरेको हो ।

नगरभित्रका बिभिन्न बिद्यालयका बिपन्न बिद्यार्थीका लागी संस्थाले स्कुल ब्याग, स्टेशनरि सामाग्री, हाईजिन किट र प्राथमिक उपचार बक्स प्रदान गरेको हो ।

आईतवार चाईना फाउण्डेशनका नेपाल प्रमुख जो, ट्रान्सफर्म नेपालका रबिन्द्र दास, बागमती नगर शिक्षा शाखाका मिन प्रसाद उपाध्याय, राष्ट्रिय अपांग पुनस्र्थापना समाजका शुरेस प्याकुरेल, शिक्षक अभिभावक संघका केदार कार्कि तथा बिद्यार्थी एवं अभिभावककोे उपस्थितीमा शैक्षिक सामाग्री बितरण गरिएको हो ।