आफ्नो स्थापना दिवशको अवशरमा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले बिरुवा रोप्यो

368
Friendship Mobile

खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीको वुधवार छेठौं स्थापना दिवस सम्पन्न भएको छ ।

संस्थाको बाहुनी दोभान प्लान्ट लालबन्दी–१३ मा संस्थाका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षता तथा प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १३ मा बाहुनी दोभान प्लान्टमा रहेको प्लान्टमा स्थापना दिवस पारेर बिभिन्न जातका वृक्षारोपण कार्यक्रम समेत गरिएको छ ।

खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष अधिकारिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यस क्षेत्रका पुर्व सांसद तथा बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु संगै उपभोक्ताहरुको सहभागीता रहेको थियो ।