श्रोत नखुलेको भारतीय नोट सहित एक जना पक्राउ

206
Friendship Mobile

रौतहट प्रहरिले श्रोत नखुलेको भारतीय नोट सहित एक जनालाई पक्राउ गरेको छ ।

बुधवार दिउँसो सिमा प्रहरि चौकी बन्जरहावाबाट खटिएको प्रहरि गस्ति टोलीले नेपालतर्फ आउँदै गरेका एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार राज्य शिवहर जिल्ला ग्राम पंचायत वेलवाघाट वडा नं. ५ वस्ने २२ बर्षका सुशिल कुमार साह रहेका जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।

साहलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ईशनाथ १ बन्जरहा स्थित बकैया खोलाको बाँधमा रोकेर चेकजाँच गर्ने क्रममा उनको साथबाट १ लाख ८० हजार भारतीय रुपैँया बरामद गरिएको हो ।

पक्राउ परेका साहलाई बरामद रकमसहित थप अनुसन्धानको लागी शुक्रवार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाईएको रौतहट प्रहरिले बताएको छ ।