सर्लाही र धनुषाका एसपीको सरुवा

262
Friendship Mobile

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा नयाँ एसपी आउने भएका छन । हालका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरको पुलिस एकेडेमी महाराजगन्जमा सरुवा भएपछि जिल्लामा नयाँ एसपी आउन लागेका हुन ।

जिल्लामा यस अघि डीएसपी हुँदा काम गरिसकेका एसपी कृष्ण प्रसाई आउने भएका छन । उनी २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत थिए । एसपी राठौरको काज सरुवा भएको हो ।

केहि दिन अगाडि प्रहरी प्रमुख एसपी सन्तोष सिंहलगाएतका सर्लाहीका उच्च पदस्थ अधिकारीहरु सार्वजनिकस्थलमै तास खेलिरहेको भिडिओ सार्वजनिक भएपछि प्रहरिवृत्तमा यो हलचल भएको बुझिएको छ ।

प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुख(एसपी) प्रकाश राणभाट्टको पनी काज सरुवा गरेको छ।

गएको बिहीबार जनकपुरमा खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख राजेश कुशवाहालाई सिके राउतको जनमत पार्टीका कार्यकर्ताले बन्धक बनाएर नगर घुमाउँदा प्रहरी रमिते बनेका थिए। त्यस घटनामा प्रहरीको कमजोरी औल्याउँदै धनुषा प्रहरी प्रमुख एसपी राणभाट्टलाई परिवर्तन गरिएको प्रहरी स्रोतले बतायो।