२०८३ श्रावण २४ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २४ आईतवार

‘नज्मा गोर्खा रेस्टुरेन्ट’ कतारमा नेपाली जनप्रगतिशील मोर्चाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

बेद बोहरा, दोहा कतार : नेपाली जनप्रगतिशील मोर्चा कतारले अक्टोबर ३० शुक्रबारका दिन दोहा कतार स्थित ‘नज्मा गोर्खा रेस्टुरेन्ट’मा बिजया दशमिको उपलक्ष्य तथा र आउँदै गरेको तिहार र छठपर्वको अबसरमा भेटघाट एवं शुभकामना आदानप्रदान, चियापान तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।

अध्यक्ष साजन गुरुङ (छबि) को सभापतित्वमा भएको कार्यक्रमका बिशेष अतिथी राजेन्द्र लिम्बुले परदेशी भुमिमा रहेता पनि आफ्नो कला संस्कृतिलाई जगेर्ना गर्न सकिन्छ तर त्यसको लागी बिकृती र बिसंगतीबाट टाढा रहनु पर्छ र कसैलाई अप्ठ्यारो पार्नु हुँदैन भन्दै देश तथा बिदेशमा रहेका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई शुभकामना दिएका थिए ।

त्यसैगरि अतिथि महिला बिभाग प्रमुख तथा मोर्चा उपाध्यक्ष गोमा थापाले परदेशी भुमिमा रहेर पनि यसरी दशैँ मनाउन पाउनु निकै खुशिको कुरा भएको बताउनुभएको थियो । त्यस्तै अतिथी मनमोहन सिंह, सुजक अर्याल, ज्ञानेन्द्रराज भारतिले परदेशमा पनि यसरी नेपाली कला संस्कृतिको झल्कने कार्यक्रम मनाउन पाएकोमा खुसि ब्यक्त गरेका थिए भने कार्यक्रमका सभापति गुरुङले कार्यक्रम सफल बनाउन निरन्तर खटिएका साथीहरुलाई धन्यवाद दिँदै निमन्त्रणालाई स्विकार गर्दै उपस्थित भएका सबैलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

मोर्चाका महासचिव बिवेक मल्लद्वारा संचालित कार्यक्रममा बिशेष अतिथि प्रबक्ता राजेन्द्र लिम्बू सहित महिला बिभाग प्रमुख एवं उपाध्यक्ष गोमा थापा र सचिव ज्ञानेन्द्रराज भारति, कोषाध्यक्ष मनमोहन सिंह, सुजक अर्याल लगाएतको सहभागीता थियो ।

पाहुनालाई नेपाली जनप्रगतिशिल मोर्चा कतारका केन्द्रीय सदस्य देब बिस्टले स्वागत गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।