२०८३ भाद्र २९ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र २९ सोमबार

धनगढीकी वर्षालाई नेपाल ओपन काता च्याम्पियनसिपमा स्वर्ण

धनगढी : धनगढीकी वर्षा साउँदले राष्ट्रव्यापी ‘नेपाल ओपन काता च्याम्पियनशिप’मा स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छन्। अनलाइन प्रतियोगितामा वर्षाले पदक प्राप्त गर्न सफल भएकी हुन्। स्वर्ण पदकसँगै वर्षाले १० हजार नगद पुरस्कार पनि प्राप्त गरेकी छन्। 

धनगढी कराते एकेडेमीकि कराते प्रशिक्षक रहेकी बर्षा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रव्यापी  ‘नेपाल ओपन काता च्याम्पियनशिप’ सहभागी भएकी थिइन्। 

उक्त अनलाइन प्रतियोगितामा महिला तर्फको रजत पदक कर्णाली प्रदेशकी एलिसा रास्कोटी मगरले प्राप्त गर्दा पुरुषतर्फको स्वर्ण सशस्त्र प्रहरी बलका सुभाष घतानेले बागमती प्रदेशका रवीन्द्र मानन्धरलाई पराजित गर्दै जिते। 

यस प्रतियोगिताका निर्णायक आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता तथा १३औँ दक्षिण एसियाली खेलकुदमा नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक गंगाराम महर्जन र १३ औँ दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ रहेका थिए। 

विजेताहरुलाई प्रदान गरिने नगद पुरस्कारको प्रायोजन पूर्व राष्ट्रिय कराते च्याम्पियन विजय तामाङले गरेका थिए। काता र कुमिते दुवै स्पर्धामा सुदूरपश्चिम प्रदेशकी च्याम्पियन वर्षाले राष्ट्रिय खेलकुद परिषदद्वारा हालका वर्षहरुमा आयोजित सबै राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गरेकै छिन्। 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।