२०८३ असार १५ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार १५ सोमबार

नेपाल प्रहरीका असई मृत फेला, जवान बेपत्ता

कैलाली :  धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मृत फेला परेका छन्।

हिजो रातिदेखि बेपत्ता भएका असई गोविन्दबहादुर साउँदको शव आज बिहान सीमा नाकास्थित मोहना नदीमा फेला परेको हो। उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साँउद भने फेला परेका छैनन्।

चौकीबाट मोटरसाइकलमा राति साढे ८ बजे गस्तीमा निस्किएका दुवैजना साढे १० बजे देखि सम्पर्कविहीन भएका थिए।  आज बिहान उनीहरूको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरू चढेको मोटरसाइकल फेला परेको र करिब तीन किमीको दूरीमा रहेको मोहना नदीमा शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले तस्करहरूसँगको भीडन्तमा उनीहरू मारिएको हुन सक्ने आशंका गरेको छ। थाहा खबर बाट

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।